site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रपति पौडेलको कतारका अमिरसँग यी ६ बुँदामा केन्द्रित भयो छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र दुईदिने नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच मंगलबार शीतलनिवासमा शिष्टाचार भेटवार्ता भएको छ । 

राष्ट्रपति पौडेलका परराष्ट्र मामिला सल्लाहकार सुरेशचन्द्र चालिसेका अनुसार भेटवार्ता ६ वटा मुद्दामा केन्द्रित भएको थियो । ती मुद्दा थिए– प्यालेस्टिन चरमपन्थी समूह हमासले बन्धक बनाएका नेपाल युवा विपीन जोशी, जलवायु परिवर्तन, नेपाल–कतार द्विपक्षीय सम्बन्ध, कतारको विकासमा अमिरको भूमिका, नेपालमा लगानी र कतारमा कार्यरत नेपाली कामदार । 

भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशीको विषय उठान गरेका थिए । जोशीको तत्काल रिहाइको लागि पहल गरिदिन उनले कतारका अमिरसँग आग्रह गरेका थिए । “विपीन जोशीलाई रिहाइ गर्न म आफ्नो तर्फबाट सक्दो कोसिस गर्छु,” भेटवार्तामा सहभागी चालिसेले कतारका अमिर थानीको भनाई उद्धृत गर्दै बाह्रखरीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

हमासले २०८० सालको कात्तिकमा इजरायलमाथि आक्रमण गर्दा त्यहाँबाट २५३ जनालाई बन्धक बनाई लगेको थियो । तीनमा जोशी पनि थिए । कतारको प्रयासमा हमासले थुप्रै देशका बन्धकलाई रिहा गरे पनि जोशी हालसम्म रिहा हुन सकेका छैनन् । यसैबीच राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आग्रह गरेका थिए । 

राष्ट्रपति पौडेल र अमिर थानीबीच जलवायु परिवर्तन र यसका असरबारे छलफल भएको थियो । भेटमा राष्ट्रपति पौडेलले भनेका थिए, “जलवायु परिवर्तनले गर्दा पृथ्वी असन्तुलित भयो । खानेपानीको मुहानको रूपमा रहेका हिमाल पग्लिरहेका छन् । यीनको संरक्षण नभए ठूलो विपत्ति आउँछ । ठूला र धनि देशले यसमा विशेष चासो दिनुपर्छ ।”

Global Ime bank

जलवायु परिवर्तनक मुद्दामा नेपाल र कतारसँगै अगाडि बढ्नुपर्ने धारणा कतारका अमिर थानीले राखेका थिए । “यो संसारकै समस्या हो । सबै मिलेर काम गर्नुपर्छ । यसमा कतारले के गर्नुपर्छ त्यो हामी गर्न तयार छौँ,” कतार अमिरले भने । 

राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार सम्बन्धमा खुलेर छलफल भएको थियो । कतारका अमिरले आफ्नो भ्रमण नेपाल–कतार सम्बन्धलाई थप मजबुत बनाउने उदेश्यले भएको बताएका थिए । 

“नेपालसँग कतारको सुमधुर सम्बन्ध छ । यसलाई थप मजबुत बनाउन म आएको हुँ । नेपाल र कतारबीच सामाजिक आर्थिक सम्बन्धलाई थप विविधिकरण गरेर अरु बलियो बनाउन सकिन्छ,” कतारका अमिर थानीको भनाई उद्धृत गर्दै चालिसेले भने ।

जवाफमा राष्ट्रपति पौडेलले नेपाललाई उच्च प्राथमितकतामा राखेको कतारका अमिरलाई धन्यावाद दिएका थिए । राष्ट्रपति पौडेलले भेटवार्तामा कतारको विकासमा कतारका अमिरले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंषा गरेका थिए । “तपाईंको नेतृत्वमा कतारले जुन प्रगति गरेको छ त्यो लोभलाग्दो छ । प्रशंसनिय छ,” राष्ट्रपति पौडेलले भनेका थिए । 

नेपालमा लगानीको विषयमा पनि राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच छलफल भएको थियो । राष्ट्रपतिले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकोले लगानी गर्नको लागि आग्रह गरेका थिए । 

जवाफमा कतारका अमिर थानीले भनेका थिए, “नेपालमा लगानी गर्न कतार इच्छुक छ । जलविद्युत, कृषि, स्वास्थ्य र खेलकुदका क्षेत्रमा हामी लगानी गर्न इच्छुक छौँ ।” 

भेटवार्ताका क्रममा कतारमा रहेका नेपाली कामदारका विषयमा पनि कुराकानी भएको थियो । कतारको विकासमा नेपाली कामदारको ठूलो योगदान रहेको उल्लेख गर्दै कतारका अमिरले नेपाली कामदारको तीन पटक प्रशंसा गरेका थिए । 

कोभिड–१९ बेला पनि नेपाली कामदारले कतारलाई ठूलो गुन लगाएको स्मरण उनले गरेका थिए । सन् २०२२ मा कतारमा फिफा विश्वकप सफलताका साथ सम्पन्न हुनुमा पनि नेपाली कामदारको ठूलो योगदान रहेको कतारका अमिरले राष्ट्रपति पौडेललाई बताएका थिए । “कतारको विकासमा नेपाली कामदारको ठूलो योगदान रहेको छ । यसलाई हामी कहिल्यै पनि विर्सन सक्दैनौँ । यसैकारण पनि नेपाली कामदारको हितको लागि हामी संवेदनशिल छौँ,” कतारका अमिर थानीले भनेका थिए । कतारमा हाल चार लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् । 

कतारका अमिर थानी मंगलबार काठमाडौं आइपुगेका थिए । उनी फिलिपिन्सबाट बंगलादेश हुँदै नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच बुधबार बिहान होटेल सोल्टीमा द्विपक्षीय बैठक हुनेछ । बैठकपछि केही सम्झौता तथा समझदारीपत्रमा दुई देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । नेपालको दुई दिने भ्रमण सम्पन्न गरी बुधबार उनी कतार फर्कने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा कतारका अमिर थानीलाई राष्ट्रपति पौडेलले बिदाइ गर्ने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement