site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटन बोर्डको सीईओका लागि पूर्व सीईओदेखि कर्मचारीसम्मको आवेदन

काठमाडौं । तीन महिनादेखि खाली रहेको नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

गत माघ १६ गते तत्कालीन सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । रिक्त रहेको पदका लागि बोर्डले गत चैत २४ गते दरखास्त आह्वान गरेको थियो ।

जसमा १६ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बोर्डका पूर्व सीईओदेखि कर्मचारीसम्म रहेका छन् ।

Dabur Nepal
NIC Asia

जसमा पूर्वसीईओ दीपकराज जोशी र निवर्तमान सीईओ धनन्जय रेग्मीले पनि छन् ।

यसैगरी, पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, निमित्त निर्देशक लक्ष्मण गौतम, प्रबन्धक नवीन पोखरेल, प्रबन्धक श्रद्धा गौतम, वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले पनि आवेदन दिएका छन् ।

यस्तै, ठाकुरप्रसाद देवकोटा, विजय नेपाल, राजाराम गिरी, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वरप्रसाद सिंह महतो, सूर्यबहादुर घिमिरे, दीपक बस्ताकोटी र रामचन्द्र सेढाईको पनि आवेदन परेको छ ।

मन्त्री भन्छन्– हाम्रो दबाब हुँदैन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सीईओ छनोटमा मन्त्रालयबाट कुनै पनि दबाब नहुने बताएका छन् । सीईओ छनोटका लागि मन्त्रिपरिषद्ले नै छनोट समिति बनाएर अधिकार दिएकाले आफूहरूको कुनै भूमिका नहुने उनले बताए ।

सीईओ छनोटका लागि पूर्वपर्यटनमन्त्री सुदन किरातीको समयमा नै समिति गठन भएको थियो ।

“सीईओ छनोटका लागि समिति नै बनेको छ । उक्त समितिले काम गरिरहेको छ । मन्त्रालयको तर्फबाट कुनै खालको दबाब हुँदैन । समितिलाई अधिकार दिइएको छ । उक्त समितिले सर्तहरू राखेको छ । त्यही सर्तअनुसार छनोट हुन्छ,” मन्त्री तामाङले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro