site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिलीप रायमाझीकी छोरी दिव्या पहिलोपटक चलचित्रको सार्वजनिक समारोहमा  
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘एक्टर’को शुभसाइत गरिएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा वैदिकविधिद्वारा हवन गर्दै चलचित्रको शुभसाइत गरिएको हो ।

शुभसाइतमा चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रदीप खड्का, नायिकाद्वय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्यदेवलगायत उपस्थित थिए ।

दिव्याले नेपाली सिनेमाको समारोहमा सहभागिता जनाएको यो पहिलो पटक हो । दिव्या नायक दिलीप रायमाझीकी छोरी हुन् । 

वैशाखको अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रमा राजवल्लभ कोइराला, सलोन बस्नेतलगायत कलाकारको पनि अभिनय रहनेछ ।

राजन भुसालले निर्देशन गर्ने चलचित्रको निर्माण थमनकुमार भण्डारीले गर्न लागेका हुन् । एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रूपमा रहनेछन् ।

कात्तिक १५ गते रिलिज हुने चलचित्र नरेन्द्र मैनालीले खिच्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro