site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जर्मनीमा पार्टीका सहयोगी चिनियाँ जासुसको रूपमा पक्राउ
Dabur Nepal
NIC Asia

बर्लिन । जर्मनीको दक्षिणपन्थी पार्टीका नेताको सहयोगीका रूपमा काम गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । चीनको लागि जासुसी गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । जीयान जी नामका ४३ वर्षीय ती व्यक्ति अल्टरनेटिभ फर जर्मनी पार्टीबाट युरोपेली निर्वाचनका उमेदवार मेक्सिमेलियन क्राहका सहयोगी भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

अभियोजकले जनाएअनुसार उनी पूर्वी सहर ड्रेस्डेनमा पक्राउ परेका हुन् । उनले युरोपेली संसद्को सूचना चीनको गुप्तचर निकायलाई उपलब्ध गराउने गरेको आरोप लगाइएको छ । जीयानले चीनको विरोध गर्नेहरूको सूचना समेत दिने गरेको बताइएको छ । अल्टरनेटिभ फर जर्मनी पार्टीका प्रवक्ताले सो घटनालाई ‘धेरै नै विचलित गराउने खालको’ भन्ने टिप्पणी गरेका छन्  ।

अभियोजकका अनुसार उनले सन् २०१९ देखि सो कार्य गर्दै आएका थिए । एक दिनअघि मात्रै अन्य तीन जर्मन नागरिक चीनको जासुसी गरेको आरोपमा पक्राउ परेका थिए । बीबीसी 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro