site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यशस्वी र सन्दीपप्रेरित राजस्थानको सहज जित

काठमाडौं । ब्याटिङमा यशस्वी जैसवाल र बलिङमा सन्दीप शर्मा चम्किएपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको छ । सोमबार जयपुरमा यशस्वीले शतक बनाएपछि मुम्बईले प्रस्तुत गरेको १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा जैसवालले ६० बलमा नौ चौका र सात छक्कासहित अविजित १०४ रन बनाए । जस बटलरले ३५ र कप्तान सन्जु सामसनले ३८ रन थपे ।

Dabur Nepal
NIC Asia

मुम्बईको निम्ति एक मात्र विकेट पियुस चावलाले लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले ४५ बलमा सर्वाधिक ६५ रन जोडे । नेहाल वडेराले ४९, मोहम्मद नाबीले २३ रन थपे ।

राजस्थानबाट घातक बलिङ गरेका सन्दीपले पाँच विकेट लिएका थिए । उनले चार ओभरमा १८ रन मात्र खर्चिए । ट्रेन्ट बोल्डले दुई र आभेस खान र युजभेन्द्र चहलले समान एक विकेट हात पारे ।

जितसँगै आठ खेलबाट १४ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ खेल नै खेलेको मुम्बई ६ अंकसहित सातौँ स्थानमा छ । जारी प्रतियोगितामा मुम्बईको यो पाँचौँ हार हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro