site stats
बाह्रखरी :: Baahrakhari
खेल
अग्रता जोगाउन नसक्दा रोकियो वाग्मती

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा सुरुआती अग्रता जोगाउन नसक्दा सर्लाहीको वाग्मती युवा क्लबले स्वयम्भू क्लबसँग १–१ को बराबरीमा रोकिएको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय सम्पन्न खेलमा वाग्मतीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ४१औँ मिनेटमा राज भुसालले गोल गर्दै वाग्मतीलाई अग्रता दिलाएका थिए ।

तर, ७६औँ मिनेटमा रञ्जन पुनले गोल गर्दै स्वयम्भूलाई बराबरीमा फर्काएका थिए ।

बराबरीमा रोकिएको वाग्मती चार खेलबाट सात अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत् छ । समान खेलबाट दुई अंक जोडेको स्वयम्भू तालिकाको १२औँ स्थानमा छ ।

Global Ime bank

सोमबार नै भएको दोस्रो खेलमा सुर्खेतको आरसी–३२ फुटबल एकेडेमी र सामाजिक युवा क्लबले पनि गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतियोगितामा अपराजित आरसी–३२ चार खेलबाट तालिकाको १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको सामाजिक तालिकाको १३औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu