site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
थेगिम बोली : पहिचानको कुरा नउठाउने गाउँ नछिरे हुन्छ 
Sarbottam CementSarbottam Cement

लामो समय वाम राजनीतिमा होमिएका डकेन्द्रसिंह थेगिम पार्टीविहीन हुँदै इलाम–२ को चुनावी प्रतिस्पर्धामा छन्  । किरात धर्मगुरुको आशीर्वाद पाएका उनी पहिचानको राजनीतिमा होमिएका छन् । पहिचान र अधिकारको एजेन्डासहित मुढा चिह्नमा चुनावी प्रचार–प्रसारमा छन् । 

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङसहित पहिचान पक्षधरका उमेदवार बनेका उनी घरदैलो पुग्दै मत माग्दैछन् । शिक्षण पेशामा संलग्न रहेका थेगिम कोसी प्रदेशबाट किरात प्रदेश नामांकरणको पक्षमा छन् । उनै थेगिमसँग बाह्रखरीका रोमन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :– 

–स्वतन्त्र उमेदवारी किन आवश्यक पर्‍यो ? 

Prabhu Bank
Agni Group
NIC Asia

मेरो एजेन्डा पहिचान, अधिकार सुशासन दिगो शान्ति र समृद्धि तथा विकास हो ।  पहिचानको विषय पार्टीले स्थापित गर्न सक्दैनन् । किनभने पहिचान शब्दको अर्थ पार्टीले बुझेनन् । 

पहिचानसहित अधिकारको कुरा उठाएका छौं । प्रदेश अधिकार सम्पन्न बनाउनुपर्छ भनी एजेन्डा बनाएका छौं । 

Global Ime bank

–तपाईंले भनेको पहिचान र अधिकार कस्तो हो ? 

नेपाल बहुभाषिक बहुसांस्कृतिक मुलुक हो । नेपाल चार जात छत्तीस वर्णको फुलबारी हो । 

सबै जातजातिले समान रूपमा मौलाउन पाउनुपर्छ । सबैको सभ्यता संस्कृतिको उत्थान र संरक्षण राज्यले गर्नुपर्छ । तर, यहाँ एक जात र एकल सम्प्रदायको मात्र हो जस्तो गरियो । सबै जात जातीको धर्म सम्प्रदायका भाषा संस्कृति र सभ्यतालाई उतिकै मान्यता दिनुपर्छ । 

यो स्पष्ट छ, एउटा जातीले आफ्नो पहिचानका कुरा उठाउँदा अर्काको पहिचान र अस्तित्वमाथि दखल पुग्नु हुँदैन । जस्तो यहाँको आदिवासीहरूको पहिचान खोज्दा अन्य जातीको पहिचान तथा खस आर्यको पहिचान खोज्दा अन्य आदिवासीको पहिचान मेटिनु हुँदैन । 

सबै फुलबारीमा भएका फूलहरू समान रूपले फुल्न पाएमात्र दिगो शान्ति हुन्छ, विकास र समृद्धि हुन्छ । हो, मैले यो पहिचान र अधिकारको विषय उठान गरेको हो । 

–दलहरूबाट पहिचान र अधिकार स्थापित हुँदैन भन्नुभयो । तर,  दलहरूले पनि तपाईंले प्रतिनिधित्व गर्ने समुदायबाट उमेदवार बनाएका छन्, पहिचान उनीहरूबाट स्थापित हुन्न भन्ने आधार के छ ? 

दलहरूले पहिचान स्थापित गरिदिएको भए कोसी नामकरण हुने थिएन ।  कोसी बनाउनुपर्छ भनेर दलबाट प्रतिनिधत्व गर्ने ८२ सांसदले त हस्ताक्षर गरे । 

हस्ताक्षर गरिरहँदा के हेरेर बसे ? त्यसकारण उनीहरूले पहिचानको कुरा हामीले उठाएका छौं वा उठाउँछौं भन्नु त एकदमै गलत हुन जान्छ । जनताले अब विश्वास गर्दैन । ती दलहरूप्रति जनताको वितृष्णा छ ।

हामीले भनेकै हो, कम्तिमा ऐतिहासिक पृष्ठभूमिको आधारमा सबै यो प्रदेशमा बसोबास गर्ने आममानिसहरूले मान्यता दिने र उनीहरूले अपनत्व बोध गर्ने हिसावले यो प्रदेशको नामकरण हुनुपर्छ भनेका हौं । 

त्यही हाम्रो मागका कारण पहिलो चुनावले प्रदेश–१ को नामकरण हुन सकेन ।  दोस्रोपटक चुनाव पछाडि चाहिँ छापामार शैलीमा यो कोसी प्रदेश नामाकरण गरियो ।  कोसीले सबैलाई सम्बोधन गर्न सकेन । देशमा अशान्ति भयो, सरकार अस्थिर भयो । एक युवा सहिद भए । २५ वर्षको युवा केटा अपाङ भयो, कतिले कुटाइ खाए कति जेलमा हुनुहुन्छ । 

thegim-1713790926.JPG
 

यो सबै प्रदेश नामकरणका कारणले भयो । प्रदेशको नाम एकल जाती, एकल सोच र सम्प्रदायको जस्तो देखियो । त्यसकारण हामीले उठाएको कुरा अधिकारसहितको पहिचान र पहिचानपश्चात् दिगो शान्ति हुन्छ र विकास हुन्छ भन्ने मुद्दासहित चुनावमा होमिएका हौ‌ँ ।

–संसद् त अंकगणितले चल्छ । तपाईं जितेर एक्लो आवाजमा सदनमा कुरा उठाएपछि तपाईंको एजेन्डा कसरी स्थापित हुन्छ ? एकल आवाजले कसरी विषय स्थापित गराउँछ ?

मेरो विजयी नै मेरो मुद्दा स्थापित हुनु हो । कसरी भने जनताले मलाई विजय गराउनु भनेको पहिचानको मुद्दा विजयी हुनु हो ।  एकजनाको कुरा भन्नुभयो, सदनमा रेकर्ड हुने हो । रेकर्डमा विषय बसेपछि छलफल गराउन बाध्य बनाउँछ । 

जहिलेसम्म हामीले गरेको मागमा छलफल र सम्बोधन हुँदैन विषय निरन्तर उठछ ।  अर्को पाटो ०८४ मा निर्वाचन हुन्छ । ०८४ को निर्वाचनले हाम्रो पहिचान पक्षको मत र संख्या थप गर्छ ।  अनि हामी मुद्दा अझ स्थापित गर्दै जान्छौं । नेपालमा भएको जति पनि क्रान्ति सुरूमा एक्लै देखिन्छ । 

हर्क साङ्पाङ् एक्लै एउटा टेम्पोमा कराइ हिँड्थे । एक्लै लडेर स्थापित भए । त्यसकारण एक्लो भनेर गणितलाई आधार मानेर हुँदैन । त्यो पछि बहुमत भएर जान्छ । 

–०८४ को निर्वाचनका लागि तपाईंहरूले यो उपनिर्वाचनलाई ‘वाम–अप’ को रूपमा लिनुभएको देखियो हैन त ?

एकदमै हो । ०८४ को निर्वाचनमा हामीले ५० प्रतिशत वा त्यो भन्दा बढी क्षेत्रमा प्रतिनिधिसभामा हाम्रा सांसद पठाउन सक्ने आकलन गरेर अघि बढेका छौं । 

–पहिचानको मुद्दा उठाएर उमेदवार चाहिँ स्वतन्त्र हुँ भन्दा अलिकति विरोधाभाष जस्तो सुनियो । तपाईंलाई त्यस्तो लाग्दैन ?

विरोधाभाष कतै पनि हुँदैन । पहिचानको कुरा मैले एक्लै उठाएको छु । हेर्नुहोला, भोलि यो विषय नलिइकन कुनै दलहरू गाउँ छिरे भने जनताले ‘वाइकट’ गर्नेछन् ।  यसैपटक पनि धेरै ठाउँमा जनताले तपाईंको घोषणापत्रमा पहिचानको कुरा छ कि छैन भनी सोधेका छन् । 

पहिचान छ भने देखाउनुहोस् स्वीकार गर्छौं होइन भने तपाईंको यहाँ काम छैन भनेर जनताबाट लखेटिएको अवस्था छ ।

अबको चुनावमा यहाँ र सिङ्गो देशमा जसले पहिचानको कुरा उठाउँदैनन्, मान्यता दिँदैन त्यो उमेदवार मलाई जहाँसम्म लाग्छ जनतासम्म पुग्न सक्दैन । 

कोसी नामकरण पश्चात् प्रदेश–१ अशान्त रह्यो । त्यसपश्चात् दुई पार्टीले क्षमा याचना नै गर्नुपर्यो । माओवादी केन्द्रले प्रचण्डको कुरा मानेर गलत गरियो भन्दै विज्ञप्ति निकाल्यो । नेपाली कांग्रेसले पनि दुई पटक विज्ञप्ति जारी ग¥यो । महासमिति बैठकमा गलत भयो भनी विषय उठ्यो । पुनर्विचार गरौं भनी कुरा उठ्यो । 

यसले के स्पष्ट संकेत गर्छ भने आगामी ०८४ को निर्वाचनमा जसले पहिचान भन्ने शब्द राख्दैन ।  जसले पहिचानको कुरा उठाउँदैनन् उसले गाउँ नछिरे हुन्छ । यो तपाईंहरूले लेखेर राखे हुन्छ । 

हिजो पहिचानको विरोध र कोसीको पक्षमा लागेर यहाँ प्रस्ताव र समर्थन गरे उनीहरूले मुख नदेखाए हुन्छ । 

तिनीहरूको राजनीतिक ‘करियर’ नै सकिसक्यो । अरूलाई भोट मागेर हिड्ने अवस्था छैन । पहिचान जहिलेसम्म यो मुलुकमा हुँदैन तबसम्म शान्ति पनि हुँदैन र विकास र समृद्धि परिकल्पना पनि गर्न सकिँदैन ।

thegim2-1713790926.JPG

 
–उमेदवार प्रायः सबै एकै समुदायका छन् । आपसमै मत बाँडिने सम्भावना पनि छ भनिन्छ । यसतर्फ कतिको ध्यान पुर्‍याउनुभएको छ ?

माहोल हेर्दा गैर आदिवासीहरूले अत्यन्तै धेरै मलाई विश्वास गरेर साथ दिन्छु भन्नुभएको छ ।  मेरो चुनावी सभामा युग पाठकहरू आएर बोल्नुभएको छ । डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, सुरेन्द्र केसी जस्ता व्यक्तिहरूले स्पष्ट रूपमा मेरो पक्षमा बोल्नुभएको छ ।

पहिचान यहाँको आदिवासीहरूको मात्र मुद्दा हो भन्ने कुरा गलत हो ।  पहिचान क्षेत्री–बाहुनको पनि स्थापित गर्नुपर्छ । सबैले समान रूपमा संरक्षित हुनुपर्छ ।  यो सरकारी तहबाट संरक्षित हुनुपर्छ । हाम्रो प्रस्ट कुरा छ, आदिवासीको पहिचान स्थापित हुँदा गैरआदिवासीको पहिचान नामेट हुनुपर्छ भन्ने चाहिँ कदापि हैन । 

–एमाले राजनीति वा कम्युनिष्ट विचारधाराबाट प्रभावित भएर काम गरेको विगत छ । शिक्षक भएर समाज अध्ययन र अध्यापन समेत गराउनुभएको छ । तपाईं विजयी हुनुभयो भने इलाम–२ ले पहिचानबाहेक अरू के पाउँछ ?

कम्युनिष्ट राजनीतिले समानताको कुरा उठाउँछ, समाजको सबै सभ्यता र संरचना मूलधारमा ल्याउँछ भन्ने मेरो विश्वास थियो ।  तर, मेरो अपेक्षाविपरीत एमाले र कम्युनिष्ट राजनीति रहेछ । सिद्धान्त र दर्शन हैन व्यक्तिवाद हाबी भयो । 

कम्युनिष्ट राजनीतिले सबै शोषित उत्पीडित आदिवासी दलित मधेशीहरूको मुक्ति सम्भव छैन भन्ने बुझेपछि मैले एमाले छाडेको हुँ । इलामको सवालमा यो सुन्दर र समृद्ध छ । पर्यटन मात्र राम्रो बनाउन सके इलामे जनता समृद्ध हुन सक्छन् । जलविद्युत्को सम्भावना छ । 

इलाम पाँच ‘अ’ बाट परिचित छ, यसलाई व्यवस्थित गर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्न सक्ने र प्रोत्साहन दिने काममा लाग्नेछु । 

मैले यहाँको शिक्षा, स्वास्थ्य, बाटो, बिजुली, कृषिलगायत विषयमा विशेष जोड दिएर काम गर्नेछु ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement