site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जागिर दिने भन्दै फेसबुकबाट अश्लील भिडियो मागेर 'ब्ल्याकमेल' गर्ने कमलप्रसाद पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट अश्लील गतिविधि गर्न लगाएर 'ब्ल्याक मेल' गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ का ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन् । उनी काठमाडौंमा बूढानीलकण्ठ नगरपालिका–८ मा बस्दै आएका थिए ।

प्रहरीका अनुसार 'पाथीभरा माता' नाम गरेको फेक फेसबुक आईडीमार्फत अधिकारीले रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गर्थे । उनले रोजगारीका लागि 'फिजिकल फिटनेस'को चेकजाँच गर्नुपर्ने बताएर पीडितहरूसँग नग्न फोटो र भिडियो माग्ने गर्थे । फोटो र भिडियो पाएपछि उनले आफूले भनेअनुसारका गतिविधि नगरे भिडियो तथा फोटो सामाजिक सञ्जालमा राखिदिने बताएर धम्की दिने गर्थे ।

साइबर ब्युरोको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उनलाई पहिचान गरेर पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीले जानकारी दिए ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको समय लिएर अनुसन्धान भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro