site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु

भारत । साेमबार उत्तराखण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।अधिकारीका अनुसार सोमबार पिथौरागढ जिल्ला नियन्त्रण कक्षले राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) लाई अँचोली क्षेत्रको अन्डोली नजिकै पिथौरागढ जिल्लामा गाडी दुर्घटनामा परेको जानकारी दिएको थियो । 

गाडीमा विवाह समारोहमा सहभागी भएर घर फर्किरहेका आठजना सवार थिए । गाडीले नियन्त्रण गुमाई बाटोबाट २०० मिटर गहिरो खाडलमा खस्दा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले जनाएका छन् ।   
 
दुर्घटनाको सूचना पाएपछि एएसआई सुन्दर सिंह बोराको नेतृत्वमा एसडिआरएफ टोली तुरुन्तै दुर्घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।  

घटनास्थलमा एसडीआरएफ टोलीले स्थानीय प्रहरी र बासिन्दासँग समन्वय गरी मृतक चारजनाको शव जिल्ला प्रहरीलाई हस्तान्तरण गरेको अधिकारीहरूले बताएका छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro