site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपेन्द्र भन्छन्– सिनेमामा काम गरेको १२ वर्ष भयो, अब गल्ती गर्ने छुट छैन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्देशक उपेन्द्र सुब्बाले चलचित्रमा आफूलाई गल्ती गर्ने छुट नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चलचित्र ‘मनसरा’मा आफूलाई गल्ती गर्ने छुट नरहेको बताएका हुन् । 

“मैले यो सिनेमामा सकेको कोसिस गरेको छु । जिम्मेवारी बोधले पनि काम गरेको छु । अब म सँग रेला गरेर हिँड्ने उमेर पनि छैन भन्ने लाग्छ,” उपेन्द्र भन्छन्, “सिनेमा क्षेत्रमा १२/१३ वर्ष विताइसकेँ, विगारेर एक्सक्युज माग्न पाउँदिन होला भन्ने लाग्छ ।” यसैलाई रिस्क फ्याक्टर मानेर आफूले काम गरेको उनको भनाइ छ । 

जारीमा केही सिकेको अनुभव र अब गल्ती गर्ने छुट छैन भन्ने जिम्मेवारीबोधले काम गरेको उनको भनाइ छ । थोरै भए पनि फरक र नयाँ गरौँ भन्ने प्रयास आफूले सिनेमा ‘मनसरा’मा गरेको उनको भनाइ छ । 

अभिनेता प्रविण खतिवडा ‘मनसरा’को कथा आम नेपाली समाजले भोगे/देखेकै कथा भएको बताउँछन् । विवाहित पुरुषले अर्काको श्रीमती मनपराउने कथामाथि सिनेमा बनेको भन्दै भन्छन्, “सिनेमा हेर्दा मेरै परिवारको, मेरै साथीभाइ र छिमेकको कथा हेरै झैँ लाग्नेछ । मेरो त परिवारले नै भोगेको विषय हो ।” 

सिनेमाले अन्तरजातीय विवाहको कुरा गर्ने र सकारात्मक सन्देश दिनेमा आफू ढुक्क रहेको उनी बताउँछन् । 

अभिनेता दयाहाङ राई ‘मनसरा’मा आफूले गरेको पात्र पर्दामा अरुले नै गरेको हेर्न चाहेको बताउँछन् । “म वास्तवमा यो चरित्र सिनेमामा अरुले निर्वाह गरेको आनन्दले हेर्न चाहन्थेँ । तर म आफैँले गर्नुपर्ने अवस्था आयो,” दयाहाङ भन्छन्, “मैले यसअघि जारीमा गरेकोभन्दा फरक छ । समाज र अवस्था त्यही भए पनि धेरै फरक छ भन्ने लाग्छ ।” 

अभिनेत्री मिरुना मगरले आफूले मनसराबाट मातृत्व अनुभूत गर्न पाएको बताउँछिन् । “मैले यो सिनेमामा मातृत्व भन्ने कुरा के रहेछ भनेर अनुभूत गर्न पाएँ । शारीरिक पीडा मैले लिन सकिन होला तर बाँकी मातृत्वको महसुस गरेँ ।” 

उनी काठमाडौं उपत्यकाभित्र नै गाउँले परिवेश रहेको पहिलोपटक नजिकबाट अनुभव गर्ने मौका पाएको बताउँछिन् । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मनसरा’मा मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्र यही वैशाख २१ गते रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro