site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुनः वाम एकता हुने प्रधानमन्त्रीको संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः वाम एकता हुने संकेत गरेका छन् । सोमबार नेकपा (एमाले)को पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले यस्तो संकेत गरेका हुन् ।

०७४ सालमा वाम एकता गरिएको स्मरण गर्दै उनले राम्रो कामका निम्ति प्रयास जारी राख्ने बताए । त्यति बेला वाम एकता आमजनताबाट अनुमोदन भएको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

“...०७४ को चुनावमा जे प्रयोग हामीले गर्‍यौँ, त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आमनेता–कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ,” उनले भने, “तर, एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।”

उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताए । समाजवाद नै अबको क्रान्तिको बाटो भएको उनको भनाइ छ ।

उनले कम्युनिस्टहरू कुनै न कुनै रूपले सहकार्य र एक हुन आवश्यक रहेको औँल्याए । चुनौतीको सामना र जोखिम उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्गसंघर्षको नियम भएको उनले बताए ।

“...कुनै न कुनै रूपले सहकार्य र कुनै न कुनै रूपले एकतामा जान आवश्यक छ । अहिले धेरै जोखिम र चुनौती भए पनि हामी, कमरेड माधवजी (माधवकुमार नेपाल)ले मतिर हेरेर प्रधानमन्त्रीज्यूले नै भन्नुहोला भन्नुभयो,” उनले भने, “म के भन्छु भने चुनौतीको सामना र जोखिमहरू उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्गसंघर्षको नियम नै हो ।” न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro