site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षकहरूले भने– पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका जाँच्दैनौँ
एसईईका लागि लाइनमा बसेका विद्यार्थीहरू । फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । शिक्षकहरूले आफूहरूको पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने बताएका छन् ।

उत्तरपुस्तिका परीक्षण गरेबापत पाइने पारिश्रमिक २०७२ सालदेखि अहिलेसम्म एउटै रहेको बताउँदै शिक्षकहरूले अब पारिश्रमिक नबढाए उत्तरपुस्तिका नजाच्‍ने बताएका हुन् ।

Agni Group
NIC Asia

"समयमा नै कपी परीक्षण तथा समपरीक्षण गरी नतिजा जतिसक्दो छिटो प्रकाशन हुनुपर्दछ भन्ने मान्यता हामी राख्दछौँ । पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यहोरा अवगत गराउँदै पुन: ध्यानाकर्षण गराउँछौँ," आइतबार परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै उनीहरूले बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलशबहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय