site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनैपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई निर्णायक विन्दुमा पुर्‍याउनुपर्ने बताएका छन् ।

आइतबार एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै पोखरेलले मुलुकलाई अघि बढाउन एमालेलाई बलियो बनाउँदै आगामी निर्वाचनमा राष्ट्रियरूपमा निर्णायक विन्दुमा पुर्‍याउनुपर्ने बताए ।

संगठन सुदृढ नभए पार्टी कमजोर हुने भएकाले एमालेलाई विचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

पोखरेलले बैठकले गरेको निर्णयहरूका आधारमा राष्ट्रिय शक्तिलाई सुदृढ गर्नुपर्ने बताए । उनले एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै नेता कार्यक लाग्नुपर्ने धारणा राखे ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि पोखरेलले बैठकको अध्यक्षता गरेका थिए । दुई दिनसम्म चलेको बैठकमा करिब दुई हजार ५०० सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro