site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रेशम चौधरीको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । रेशम चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । न्यायाधीशद्वयको इजलासमा आठौँ नम्बरको सुनुवाइ सकिएपछि बाँकी मुद्दा हेर्न नभ्याइनेमा राखियो ।

चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरेका थिए । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको प्रथम महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

तर, उनी निर्वाचित भएको भन्दै अध्यावधिक गर्न निर्वाचन आयोगमा दिइएको निवेदन अस्वीकृत गरिएको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जीता श्रेष्ठ नै भएको पत्र पठाएको थियो । आयोगको त्यस्तो निर्णयपछि चौधरीले आयोगसँगै आफ्नै श्रीमती समेत रहेकी नाउपाकी अध्यक्ष श्रेष्ठलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको फैसलाबाट रेशमको राजनीतिक आकांक्षा सदाका निम्ति बन्द वा नागरिक उन्मुक्तिको अध्यक्ष भएर अघि बढ्ने भन्ने टुंगो लाग्नेछ । तर, मुद्दा हेर्न नभ्याइनेमा परेसँगै रेशमको राजनीतिक भविष्यको टुंगो लाग्ने मिति पनि अनिश्चितकालका निम्ति पछि सरेको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय पाएर कैद माफी भएकाहरू राजनीतिमा आउन मिल्ने/नमिल्ने भन्ने नजिर स्थापित हुने अपेक्षा गरिएको मुद्दा समेत हो यो ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro