देश

काठमाडौं । उत्तरी गोरखाको मनास्लु क्षेत्रस्थित वीरेन्द्र तालमा हिमपहिरो खस्दा त्यहाँको पानी ‘ओभरफ्लो’ भएको छ । चुमनुव्री गाउँपालिकास्थित वीरेन्द्र तालको पानी आइतबार बिहान ओभरफ्लो हुँदा बूढीगण्डकी नदी तटीय क्षेत्रमा बाढी आएको हो ।
बाढीले एउटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवं एसपी वासुदेव पाठकले जानकारी दिए ।
“हिमपहिरोको हिउँ तालमा खस्दा पानी ओभरफ्लो भएर पानी बाहिर आएको हो । ताल फुटेको भन्ने होइन । क्षति गर्ने अवस्थामा पनि छैन,” एसपी पाठकले बाह्रखरीसित भने ।
राससका अनुसार, वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानका रूपमा लिने गरिन्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १०:४४
प्रतिक्रिया दिनुहोस्