site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२४ हिमाल आरोहणका लागि ७५३ आरोहीले लिए अनुमति
फाइल तस्बिर ।

काठमाडौं । २४ वटा हिमाल आरोहणका लागि ७५३ आरोहीहले अनुमति लिएका छन् । पुरुष ५६३ र महिला १५३ गरी ७१६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । उनीहरूबाट ५२ करोड ४२ लाख १३ हजार ५५९ रुपैयाँ राजस्व संकलन भएको छ । 

कुन महिनाबाट कति राजस्व उठ्यो ?
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ३२६ आरोहीले अनुमति लिएका छन् । विभागका अनुसार उनीहरूबाट ४६ करोड ७५ लाख २७ हजार ९८७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ल्होत्से हिमाल आरोहण गर्न ६५ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट एक करोड ५५ लाख ७८ हजार ७१२ रुपैयाँ राजस्व संकलन भएको छ ।

मकालु–१ हिमाल आरोहण गर्न ४५ जनाले अनुमति लिएका छन् । एक करोड सात लाख ७४ हजार ८०० रुपैयाँ राजस्व संकलन भएको छ । जुगल–३ र थोराङ पिक आरोहणको लागि एक/एक अरोहीले अनुमति लिएका छन् । क्रमशः ३३ हजार ७५ र ३३ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, खाङ्ग्री सर, थाङकाङपोच, मलानपुलान र मनास्लु हिमाल आरोहणका लागि दुई/दुईजनाले अनुमति लिएका छन् । उनीहरूबाट क्रमशः एक लाख ६ हजार ४८०, ६६ हजार ६००, एक लाख ६ हजार ४०० रुपैयाँ र २० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

पुमरी र काङबाचेन हिमाल आरोहण गर्न दुई/दुईजनाले अनुमति लिएका छन् । उनीहरूबाट क्रमशः एक लाख ९९ हजार ९०० र दुई लाख ३९ हजार ७६० रुपैयाँ राजस्व संकलन भएको छ । 

टेङकोमा र जुगल ५ हिमाल आरोहणका लागि चार/चारजनाले अनुमति लिएका छन् । उनीहरूबाट एक लाख ३३ हजार २०० र एक लाख ३३ हजार १५० रुपैयाँ जम्मा भएको छ । पुथा हिउचुलीका आरोहणका लागि सातजनाले अनुमति लिँदा चार लाख ६५ हजार ९१५ रुपैयाँ राजस्व संकलन भएको छ ।

जुगल–१ र जुगल–२ आरोहण गर्ने २२ आरोहीबाट एक लाख ६ हजार ५६० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, लिङट्रेन हिमाल आरोहण गर्न ११ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट पाँच लाख ८४ हजार ६० रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, बरुन त्से हिमाल आरोणका लागि १२ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट सात लाख ९८ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको छ । नुत्से हिमाल आरोहणका लागि २४ आरोहीबाट १९ लाख १८ हजार ८० रुपैयाँ राजस्व संकलन भइसकेको छ । 

आमा डब्लम हिमाल आरोहणको लागि ८० जनाले अनुमति लिएका छन् । उनीहरूबाट ४२ लाख ५७ हजार ४२० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, हिमलङ हिमाल आरोहणको १६ जनाले अनुमति लिएका छन् । उक्त हिमालबाट १० लाख ६२ हजार ४२० रुपैयाँ राजस्व संकलन भएको छ ।

अन्नपूर्ण–१ हिमाल आरोहण गर्न २५ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट ५९ लाख ६१ हजार ७८० रुपैयाँ राजस्व संकलन भएको छ । धौालागिरी–१ आरोहणका लागि २८ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ६६ लाख ९१ हजार २३० रुपैयाँ राजस्व संकलन भएको छ । कन्चनजंघा आरोहणका लागि ३१ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट ७४ लाख १४ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ ।

Himal-Aarohad-1713661038.JPG
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro