site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनले गर्‍यो ड्रोन आक्रमण, रुसी इन्धन डिपोमा आगो

किभ । युक्रेनले शनिबार बिहान रुसतर्फ ड्रोन आक्रमण गरेको र त्यसका कारण रुसी इन्धन डिपोमा आगो लागेको अधिकारीहरूले बताएका छन् ।

रुसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको र युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसी आक्रमणमा परी दुईजनाको मृत्यु भएको बताएका छन् ।

युक्रेनको रक्षा क्षेत्रका एक स्रोतले एएफपीलाई बताएअनुसार किभले रुसको सैन्य–औद्योगिक परिसरलाई खुवाउने ऊर्जा पूर्वाधारका निम्ति ‘ठूलो आकारको’ ड्रोन आक्रमण गरेको थियो ।

युक्रेनको सुरक्षा सेवा (एसबीयू), सेना र सैन्य गुप्तचर निकायको यो ‘संयुक्त अभियान’ भएको भन्दै स्रोतले भन्यो, “कम्तीमा तीनवटा विद्युतीय सबस्टेसन र एउटा इन्धन भन्डारण केन्द्रमा आगलागी भएको छ ।”

रुसको रक्षा मन्त्रालयले रातिमा आएका ५० युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । रोकिएका ड्रोनमध्ये केही राजधानी मस्कोनजिकैको सीमाबाट सयौँ किलोमिटर टाढा थिए ।

रुसको पश्चिमी स्मोलेन्स्क क्षेत्रको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । “वायु रक्षा बलले हवाई वाहनहरूलाई गोली हानी आक्रमण विफल पार्ने प्रयास गरे पनि भग्नावशेष खसेपछि इन्धन र लुब्रिकेन्ट्स भएको ट्यांकीमा आगो लागेको छ,” गभर्नर एनोखिनले भने ।

हालैका महिनाहरूमा रुसी तेल र ग्यास सुविधाहरूमा युक्रेनी आक्रमण बढेका छन् । यसलाई युक्रेनले रुसको युद्धलाई बढावा दिन प्रयोग गरिएको पूर्वाधारमा ‘निष्पक्ष’ प्रतिशोधको भाग भनेको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro