site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. केसीले दिए सरकारलाई तीन साताको ‘अल्टिमेटम’

काठमाडौं । चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही र यसअघि आफूसँग गरिएका माग पूरा गर्न माग गरेका हुन । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ समेत दिए ।

Dabur Nepal
NIC Asia

प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावानुसार तुरुन्त दोषीउपर कारबाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबन्डामुक्त गर्नुपर्ने माग उनले गरेका छन् ।

अहिले नेपालमा राजनीतिको चरम भ्रष्टीकरण, अपराधीकरण, माफियाकरण र दलालीकरण भएको भन्दै उनले भ्रष्टाचार गर्ने नेता–कार्यकर्तालाई कारबाही गरिनुपर्नेमा जोड दिए ।

प्रत्येक प्रदेशमा कम्तीमा एउटा साथै इलाम, उदयपुर र डडेलधुरामा एक/एक मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण गरेर सञ्चालनमा ल्याउने सहमति पनि कार्यान्वयन नभएको उनको भनाइ छ ।

हाल सत्ताको नेतृत्व गरेकाले आफ्नो दण्डहीनताका निम्ति सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको उनले आरोप लगाए ।

उनले तीन हप्ताभित्र नागरिक अधिकार, सशस्त्र द्वन्दकालका पीडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही तथा सबै नेपालीलाई निःशुल्क उपचारसम्बन्धी मागहरू पूरा गर्नुपर्ने बताए । यसलाई सरकारले गम्भीरतपूर्वक नलिए सत्याग्रहलगायत सशक्त दबाबमूलक कार्यक्रम सुरु गर्न बाध्य हुने उनले चेतावनी दिए ।

उनले रुसले युद्धका निम्ति लगेका सबै नेपालीलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro