अर्थ व्यवसाय

काठमाडौं । ग्लोबल आईएमई बैंकले तुल्सीपुर उपमहानगरपालिका–६ मा रहेको मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।
सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरूको संख्या ६८ पुगेको छ ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधालगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ २३:०१
प्रतिक्रिया दिनुहोस्