site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाणिज्य बैंकहरूको खराब कर्जा औसत साढे ३ प्रतिशत, ६ बैंकले घटाउँदा १३ को बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकको खराब कर्जा औसतमा ३.५१ प्रतिशत कायम भएको छ । बैंकहरूले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा खराब कर्जा बढेको हो ।

गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा ०.६१ प्रतिशत विन्दुले बढेको हो । गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा २.९० प्रतिशत थियो ।

चालु वर्षमा सर्वाधिक खराब कर्जा बढ्नेमा लक्ष्मी सन्‌राइज बैंक छ । यो बैंकको खराब कर्जा ३.६७ प्रतिशत विन्दुले बढेको छ । गत वर्षको चैत मसान्तसम्म लक्ष्मी सन्‌राइजको खराब कर्जा १.८२ प्रतिशत थियो ।

त्यस्तै, एनआईसी एसिया बैंकको खराब कर्जा २.२३ प्रतिशत विन्दुले वृद्धि भएको छ । चैत मसान्तसम्म एनआईसी एसियाको खराब कर्जा ३.०८ प्रतिशत कामय भएको छ । गत वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ०.८५ प्रतिशत थियो ।

गत वर्षको चैत मसान्तसम्म सबैभन्दा बढी खराब कर्जा हुनेमा हिमालयन बैंक थियो । यो बैंकको गत वर्षको चैत मसान्तसम्म खराब कर्जा ४.५६ प्रतिशत थियो । यो वर्ष झनै बढेको छ । यो बैंकको खराब कर्जा गत वर्षको तुलनामा ०.४ प्रतिशत विन्दुले वृद्धि भएको छ । 

गत वर्ष सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको थियो । यो वर्षको सोही अवधिमा एभरेस्ट बैंकको खराब कर्जा ०.७ प्रतिशत कामय गर्न सफल भएको छ । 

चैत मसान्तसम्म ६ वाणिज्य बैंकले खराब कर्जा घटाउन सफल भएका छन् भने १३ बैंकको खराब कर्जा बढेको छ । खराब कर्जा घटाउनेमा सिद्धार्थ, कृषि विकास, नबिल, सानिमा, सिटिजन्स बैंक र एनएमबि बैंक छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro