site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार इन्टरनेट सेवाप्रदायकको लाइसेन्स अवधि सकियो, बक्यौता विवादले रोकियो नवीकरण

काठमाडौं । नेपालका चार इन्टरनेट सेवाप्रदायकको लाइसेन्स अवधि सकिएको छ । लाइसेन्सअवधि सकिएका चारवटै सेवाप्रदायकले नवीकरणका लागि नियामक निकायलाई पत्र पठाएका छन् । इन्टरनेट सेवाप्रदायक (आईएसपी)हरूले बक्यौता नतिरेको र नियम स्पष्ट नभएका कारण लाइसेन्स नवीकरण नभएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मर्कन्टाइल कम्युनिकेसन, वर्ल्डलिंक कम्युनिकेसन, सुबिसु केबलनेट र एरोनेटले अनुमतिपत्र नवीकरणका लागि पत्र पठाएका हुन् । यीमध्ये मर्कन्टाइल र वर्ल्डलिंकको लाइसेन्सको २५ वर्षे अवधि नै समाप्त भएको छ । दूरसञ्चार ऐन, २०५३ ले दूरसञ्चार सेवा सञ्चालनका लागि २५ वर्ष अवधि हुनेगरी अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरेको छ ।

लाइसेन्सको अवधि २५ वर्ष हुने भए पनि सुरूमा १० वर्षका लागि दिइने र त्यसपछि बढीमा पाँच वर्षका लागि नवीकरण गर्न मिल्ने व्यवस्था ऐनमा छ । सुबिसु र एरोनेटले भने लाइसेन्स नवीकरण गर्नका लागि प्राधिकरणलाई पत्र पठाएको हो । ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टीबापत तिर्नु पर्ने रकम नतिरेका कारण सुबिसु र एरोनेटको अनुमतिपत्र नवीकरण नभएको प्राधिकरणले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मर्कन्टाइल र वर्ल्डलिंकको हकमा भने लाइसेन्सको २५ वर्षे अवधि पनि सकिएको र बक्यौताका कारण अनुमतिपत्र नवीकरण नभएको प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले बताए । 

के हो बक्यौता विवाद ?

दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा सेवाप्रदायकले वार्षिक कुल आम्दानीको चार प्रतिशत रकम रोयल्टीका रूपमा बुझाउनुपर्ने व्यवस्था छ ।

यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली, २०६८ को विनियम ५ (१) मा दूरसञ्चार सेवाबाट प्राप्त वार्षिक आयको दुई प्रतिशत रकम आरटीडीएफमा जम्मा गर्नुपर्ने व्यवस्था छ । आईएसपीहरूले दूरसञ्चार सेवाको कुल आम्दानीको दुई प्रतिशत रकम आरटीडीएफ र चार प्रतिशत रोयल्टी बुझाउँदै आएको भनेका छन् ।

सपोर्ट तथा मेन्टेनेन्सबापतको आम्दानीमा आरटीडीएफ र रोयल्टी नलाग्ने अडान सेवाप्रदायकको छ । वार्षिक कुल आयमा आरटीडीएफ र रोयल्टी लाग्ने कुरा नियममा स्पष्ट भएको प्राधिकरणको भनाइ छ । 

करिब तीन अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न आईएसपीहरूले ब्यान्डविथका लागि विदेशी कम्पनीलाई भुक्तान गर्नुपर्ने रकमको सिफारिस रोकेको छ । यो विषय सार्वजनिक लेखा समितिको बैठकमा समेत उठेको थियो । 

प्राधिकरणका अनुसार वर्ल्डलिंकले मात्रै एक अर्ब बढी बक्यौता तिर्न बाँकी छ । आफूले कुनै बक्यौता तिर्न बाँकी नरहेको भन्दै वर्ल्डलिंक अदालत गएको थियो । सर्वाेच्च अदालतले गत चैतमा वर्ल्डलिंकका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अहिलेसम्म आईएसपीहरूको बक्यौताको विषयमा टुंगो लाग्न सकेको छैन ।

२५ वर्षपछि लाइसेन्स कसरी दिने भन्ने अन्यौल

दूरसञ्चार ऐनमा सेवाप्रदायकको लाइसेन्सको अवधि २५ वर्ष हुने व्यवस्था भए पनि त्यसपछि कसरी दिने भन्ने कुरा स्पष्ट छैन । २५ वर्षे अवधि नाघिसकेपछि कसरी लाइसेन्स दिने, शुल्क कति लिने, नवीकरण अवधि कति हुनेलगायत विषय ऐनमा स्पष्ट छैन ।

“२५ वर्षे अवधि नाघेकालाई के कसरी लाइसेन्स दिने भन्ने विषयमा मन्त्रालयलाई पत्र पठाएका छौं । बक्यौता र नीतिगत अन्यौलका कारण अहिले लाइसेन्स नवीकरण भएको छैन,” प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले भने ।

२०५५ चैत ९ गते लाइसेन्स पाएको मर्कन्टाइल कम्युनिकेसनको लाइसेन्स अवधि २५ वर्ष नाघेपछि गत चैत ९ मै समाप्त भइसकेको छ । २०५५ सालकै चैत १६ गते अनुमतिपत्र पाएको वर्ल्डलिंकको अनुमतिपत्र पनि गत चैत १६ मै सकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro