site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धरौटीमा छाड्ने आदेशसँगै पुनलाई काठमाडौं ल्याउने सीआईबीको तयारी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिपेश पुनलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।

Dabur Nepal
NIC Asia

अदालतको आदेशसँगै सीआईबीले पुनलाई सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न काठमाडौं ल्याउने तयारी गरेको हो । सीआईबीले तीन दिनअघि नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार गरिसकेको थियो । सुन तस्करी जाँचबुझ आयोगले पुनमाथि समेत अनुसन्धान गर्नुपर्ने प्रतिवेदन दिएपछि उनीमाथि सीआईबीले अनुसन्धान गर्न लागेको हो ।

गएको साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा उनको भूमिका समेत शंकास्पद देखिएपछि सीआईबीले कागज गरेर उनलाई छोडेको थियो ।

रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश दिएको छ । पुनसँगै सहकारीका नवीन अछामी, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङलाई धरौटीमा छाड्न ओदश दिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro