अर्थ व्यवसाय
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले द्रुतमार्ग निर्माणको अवस्थाबारे जानकारी दिनेक्रममा गएको चैत मसान्तसम्ममा ३३.२ प्रतिशत काम सकिएको बताएका हुन् ।
उनका अनुसार निर्माणाधीन तीनवटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको छ । द्रुतमार्ग बनाउने क्रममा हालसम्म ३० हजार ५९१ रुख काटेको जानकारी दिएका प्रधानसेनापति शर्माले वित्तीय प्रगति ३३ प्रतिशत भएको बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्