site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएको छ ।

Dabur Nepal
NIC Asia

बैठकले महाधिवेशनलाई केन्द्रित गरी वैशाख २६ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पोलिटब्युरो बैठक वैशाख २७ गते तथा २८ र २९ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने तय भएको छ ।

जेठ ९ गतेसम्म सबै कमिटीहरूमा महाधिवेशनका लागि प्रस्तुत मस्यौदा दस्तावेज पठाइसक्ने निर्णय पनि भएको छ । जेठ १० गते देखि जेठ ३२ गतेसम्म मस्यौदा दस्तावेजहरूमाथि सबै कमिटीले आफ्नो कार्यक्षेत्रमा पार्टी संठित सदस्यहरूलाई सहभागी गराई छलफल आयोजना गर्नेछन् ।

असार १ गते सबै क्षेत्रमा प्रतिनिधि छनोट गर्ने र असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण र निर्धारित शुल्कसहित पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro