site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा आएको बाढीमा परेर एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो । 

यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासको भनाइ छ । 

Dabur Nepal
NIC Asia

यूएईमा तीन दिनदेखि परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासको भनाइ छ । पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro