site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई भेटेर पीडित परिवारले भने– खामलाई राजनीतिक आवरणमा उन्मुक्ति नदियोस्

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या आरोप लागेका कालीबहादुर खामलाई राजनीतिक आवरणमा उन्मुक्ति नदिन श्रेष्ठका परिवारले गृहमन्त्रीसमक्ष आग्रह गरेका छन् । श्रेष्ठकी पत्नी रमिला श्रेष्ठ र छोरा रोहनले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई भेटेर हत्या आरोपी खामलाई उन्मुक्ति नदिन आग्रह गरेका हुन् ।

पतिको हत्या आरोप लागेका खामलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएपछि न्याय पाउनेमा आशा जागेको रमिलाले बताइन् । खाम पक्राउ परेपछि धम्की आएको भन्दै आवश्यक सुरक्षाको प्रवन्ध गरिदिन आग्रह गरिन् । 

भेटका क्रममा गृहमन्त्री लामिछानेले कानुनभन्दा माथि कोही नभएको भन्दै सबैलाई कानुनअनुरुप कारबाही हुने स्पष्ट पारे । लामिछानेले न्यायलयमाथि कसैले प्रश्न उठाउन नमिल्ने भन्दै अनुसन्धान र अदालतमा मुद्दा चलाउँदा कमीकमजोरी हुन नदिने बताए । 

भेटका क्रममा रामहरी श्रेष्ठका छोरा रोहनले राजनीतिक आवरणमा उन्मुक्ति दिएका घटनाहरू धेरै रहेकाले यो मुद्दामा यस्तो हुन नदिन आग्रह गरे । २०६५ साल वैशाख १५ गते व्यवसायी श्रेष्ठको हत्या भएको थियो । श्रेष्ठको हत्याका प्रमुख योजनाकार भनिएका १५ वर्षदेखि फरार कालीबहादुुर खामलाई गत चैत २० गते ठमेल क्षेत्रबाट पक्राउ गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro