site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
भिडियो हेर्नेलाई पैसा दिने एप ल्याएपछि टिकटकलाई ईयूको प्रश्न

काठमाडौं । युरोपियन युनियन (ईयू)ले प्रयोगकर्तालाई लत बसाउने जोखिम भएको भन्दै टिकटकको नयाँ फिचरबारे कम्पनीलाई प्रश्न सोधेको छ । टिकटकले यही महिना फ्रान्स र स्पेनमा वाच–एन्ड–गेट–रिवार्डेड भन्दै टिकटक लाइट एप सार्वजनिक गरेको थियो ।

उक्त एपमा भिडियो हेरेर, लाइक, कमेन्ट एवं अन्य प्रयोगकर्तालाई फलो गरेरै कम्पनीले रिवार्ड पोइन्ट उपलब्ध गराउने जनाएको छ । उक्त रिवार्ड पोइन्टलाई अमेजन भौचर, पेपलबाट गिफ्ट कार्ड एवं टिकटककै कोइनबाट पैसामा परिणत गर्न सकिने बताइएको छ ।

टिकटकको मुख्य कम्पनी बाइटडान्सले यो एप सार्वजनिक गर्नुअघि जोखिमको मूल्यांकन गर्नुपर्ने युरोपेली आयोगको भनाइ छ । यसले बालबालिका एवं अन्य प्रयोगकर्तालाई एप चलाउने लतमा पार्नसक्ने भन्दै ईयूले २४ घण्टाभित्र जोखिम मूल्यांकन रिपोर्ट उपलब्ध गराउन टिकटकलाई निर्देशन दिएको छ । 

टिकटकले यो रिवार्ड सुविधा १८ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि मात्रै भएको र उमेर प्रमाणीकरण गर्न आवश्यक हुने बताएको छ । यस्तै दैनिक एक युरोको मात्रै भुक्तानी हुनेगरी सीमा लगाइएको टिकटकले स्पष्ट पारेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro