देश
नारायणगढ । मनकामना केबलकार भोलि (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो । रासस
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्