site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम एमालेमा अन्योल, केन्द्रको निर्देशनको पर्खाइ
सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र रावल । फाइल तस्बिर ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको समर्थनबारे नेकपा (एमाले) अन्योलमा छ । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । एमाले सोडारीलाई समर्थन गर्ने नगर्ने निर्णयमा पुगिसकेको छैन । 

सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र रावलले पहिले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय भएको र त्यो फिर्ता भएपछि कसलाई बनाउने भन्ने निर्णय भइनसकेको बताए । “यहाँ चार दलका नेताको बैठक नै बस्न सकेको छैन । पात्रका बारेमा छलफल नै भएको छैन । यो पात्र हो भनेर सबै दल एक हुनुपर्‍यो नि । समाजवादी भनेर लेख्न त मिलेन । व्यक्तिकै नाम लेख्नुपर्ला,” उनले भने । 

Dabur Nepal
NIC Asia

एमाले सोडारीबाहेकका एकीकृत समाजवादीका सांसदलाई मुख्यमन्त्री बनाउने पक्षमा छ । त्यहाँको एमाले केन्द्रको निर्णयको पर्खाइमा छ । पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएपछि निर्देशन आउने नेताहरू बताउँछन् । “अध्यक्ष इलामको चुनाव प्रचारप्रसारमा हुनुहुन्थ्यो । उहाँ आज काठमाडौं आउँदै हुनुहुन्छ । त्यहाँ छलफल होला,” रावलले बाह्रखरीसँग भने । 

एकीकृत समाजवादीले मुख्यमन्त्रीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल गरेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भेटमा त्यसबारे छलफल भएको बताइएको छ । 

कांग्रेस र एकीकृत समाजवादीको वार्तापछि परिस्थिति जटिल बनेकाले केन्द्रको निर्देशनको पर्खाइमा सुदूरपश्चिमका नेताहरू देखिएका छन् । सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro