site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको वायु प्रदूषण कम हुँदै, हट्न के हुनुपर्छ ?
फाइल तस्बिर ।

काठमाडौं । तीन सातायता काठमाडौंमा वायु प्रदूषण उच्च छ । बुधबार समेत वायुको गुणस्तर अस्वस्थकर रहेको सूचकांकले देखाएको छ । अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरका अनुसार बुधबार दिउँसो १ः४५ बजे काठमाडौंको वायुको गुणस्तर १५२ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) छ । १५२ एक्यूआई हुनु वायु अस्वस्थकर रहेको संकेत हो ।

एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० सम्मको (पहेँलो) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

१५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ ।

वातावरण विभागका अनुसार मंगलबार २४ घण्टाको औसत वायुको गुणस्तर रत्नपार्कमा १५६ र खुमलटारमा १५२ एक्यूआई थियो ।

गएको साता चैत २९ गते दुईसय एक्यूआईसम्म पुगेको थियो ।  सोमबारबाट प्रदूषण केही कम भएको छ । विभागको सूचकांकमा बुधबार दिउँसो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर १३० भन्दा कम छ ।

देशका विभिन्न स्थानमा भएका डढेलोका कारण प्रदूषण उच्च भएको विज्ञहरूले बताएका छन् । शनिबारयता भने डढेलो र आगलागीका घटना कम भएको रािष्ट्रय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । तर प्रदूषण पूरै हट्न भने ठूलो हावाहुरी चल्नुपर्ने वा वर्षा हुनुपर्ने विभागका उप–महानिर्देशक तारादत्त भट्ट बताउँछन् । तर, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्का हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro