site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘होस्टेल’को तेस्रो भाग निर्माण हुँदै  

काठमाडौं । चलचित्र ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल–३’ बन्ने भएको छ । चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका छन् । 

‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ सुनिल रावलले निर्माण गरे पनि तेस्रो सिरिजमा भने उनको लगानी रहने छैन । उनी सिनेमामा कलाकारको रूपमा रहनेछन् । 

यसमा निर्माता शिशिर ज्ञवाली र कार्यकारी निर्माता शंकर कोइराला हुनेछन् । सह–निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् ।

‘होस्टेल’लाई हेमराज बिसी र ‘होस्टेल रिटर्न्स’लाई सुरज भुसालले निर्देशन गरेका थिए । 

‘होस्टेल–३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यमा आधारित रहने बताएका छन् । 

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका सशान डेढ दशकदेखि गायन र म्युजिक भिडियो निर्देशनमा छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro