site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल एसबीआई बैंकले तीन अर्बको ऋणपत्र जारी गर्दै 

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’  निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका दुई पक्षले समझदारी गरेका छन् । 

सम्झौतापत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

Dabur Nepal
NIC Asia

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro