site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काश्मिरमा डुंगा डुब्दा ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँदिल्ली । काश्मिरमा मंगलबार डुंगा पल्टिँदा चार विद्यार्थीसहित कम्तीमा ६ जनाको मृत्यु भएका छन् । अधिकारीहरूका अनुसार काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी मानिस बोकेको डुंगा पल्टिएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार आज बिहान गान्दबल क्षेत्रको झेलम नदीमा उक्त डुंगा पल्टिँदा नदी पार गर्न प्रयोग गरिएको डोरी अचानक खसेको थियो । दुर्घटनामा परी बाँच्न सफल भएका केही व्यक्तिहरूको उद्धारपछि अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीयले अधिकारीहरूलाई सूचना गरेपछि बेपत्ताहरूको खोजी गर्न प्रहरी र विपद् प्रतिक्रिया बलका कर्मचारीहरूको उद्धार टोली पठाइएको थियो । केही स्थानीय मिडिया रिपोर्टहरूले बेपत्ता हुनेहरूको संख्या १० जनाभन्दा माथि रहेको जनाएका छन् । पछिल्ला केही दिनदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा नदीको जलस्तर बढेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC