site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा एकीकृत समाजवादीले लियो चौधरीलाई दिएको समर्थन फिर्ता
Dabur Nepal
NIC Asia

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । 

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सहमति गरी चौधरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् । माओवादीको संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि उसले समर्थन फिर्ता लिएको जानकारी दिए । 

एमाले र माओवादीले नाउपाकै कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि एकीकृत समाजवादीले अर्को पक्षलाई समर्थन गरेको थियो । समर्थन फिर्ता लिएको जानकारी दिँदै सोडारीले प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro