site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ महिनामा तीनपटक विश्वासको मत लिने अवस्था आउनु विडम्बना : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनामा तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनु विडम्बना भएको बताएका छन् । 

मंगलबार सुशासनका चुनौती तथा सरकारको आगामी कार्यदिशा विषयक छलफलमा उनले विश्वासको मत लिनु आफ्नो विशेषता पनि भएको संकेत गरे । “मैले केही समय अगाडि तेस्रो पटक विश्वासको मत लिएँ,” उनले भने, “१४–१५ महिनामा नै तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनु आफैँमा विडम्बना पनि भन्न सकिन्छ । यसलाई हाम्रो विशेषता पनि भन्न सकिन्छ ।” 

एउटा शक्तिले राजनीतिक प्रक्रियाबाट आइसोलेटेड भएको महसुस नगरोस् भन्ने पक्षमा आफू रहेको उनको भनाइ छ । उनले पहिलो समीकरणबाट दोस्रो समीकरण बनाउने बेलामा राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने प्रस्ताव राखिएको बताए ।

तीनपटक विश्वासको मत लिए पनि सरकार फेरिएको भन्ने तर्क गर्न नहुने उनको भनाइ छ । राजनीतिक दल अस्वस्थ प्रतिष्पर्धामा नै जाने र त्यसका निम्ति विभिन्न क्रियाकलाप गर्ने अवस्था रहेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro