अर्थ व्यवसाय

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको पाँच प्रतिशत लाभांश घोषणा गरेको हो ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपश्चात् लाभांश वितरण हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ १२:१९
प्रतिक्रिया दिनुहोस्