site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलमा एक्सरे मेसिन नभएको भन्दै कार्गो व्यवसायीले पठाएनन् सामान
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीले सामान निकासी गर्न बन्द गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा प्रयोग हुने सो मेसिन बिग्रिएको डेढ महिनाभन्दा बढी हुँदा पनि नबनाइएको भन्दै उनीहरूले आइतबारदेखि सामानको निकासी बन्द गरेका हुन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भेला भई व्यवसायीले आफूहरूको काम बन्द गरेको बताए । नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे मेसिनको सञ्चालन गर्दै आएको र बिग्रिएको डेढ महिना हुँदा पनि नबनाइएको उनीहरूले उल्लेख गरे ।

सञ्चारकर्मीसँग कार्गो व्यवसायी खेमराज सुवेदीले पारवहन तथा गोदामले बिग्रिएको मेसिनको मर्मतसम्भार नगरेको र नयाँ थप्ने विषयमा समेत चासो नदिएको बताए । सामान जाँचपास गराउन धेरै समस्या भएकाले बाध्य भएर पठाउन नसकेको उनको भनाइ छ ।

उनले सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै प्रश्न गरे । सामान निकासीमा विमानस्थलमा पारवहन तथा गोदामको चरम लापरबाही भएको उनले आरोप लगाए ।

उनले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आइतबारदेखि पूरै काम ठप्प पारेको बताए । मेसिन नभएसम्म व्यवसायीले कुनै चुनौती लिएर सामान ‘क्लियरिङ’ र ‘फर्वाडिङ’ नगर्ने उनले घोषणा गरे ।

पारवहन तथा गोदामले मर्मतसम्भारका निम्ति ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको उनले बताए । तीन निकाय – पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन एकले अर्कोलाई आरोप देखाएर बसिरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro