site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक करोड लगानीमा मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि यसको व्यावसायिक सञ्चालन गरेको कम्पनीका अध्यक्ष बीबी (विष्णु) ढकालले जानकारी दिए ।

ढकालका अनुसार, जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । थप लगानी गरी जलाशय किनारमा बिच रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय र मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना रहेको कम्पनीले जनाएको छ ।

मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको छ ।

कति लाग्छ शुल्क ?
मोटरबोटमा घुम्न लाग्ने समयानुसार फरक–फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ,  १० देखि १२ मिनेटका निम्ति ५०० र १५ देखि २० मिनेटका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

कसरी पुग्ने ?
मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro