site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दश महिनामा १० हजार ४९ मानिस हराए : ६ हजार ४२ फेला, कसरी खोजियो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा देशभर १० हजार ४९ मानिस हराएका छन् । उनीहरू २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा हराएका हुन् । 

नेपाल प्रहरीका अनुसार उक्त अवधिमा हराएकामध्ये तीन हजार ३७९ पुरूष र ६ हजार ६७० महिला छन् । हराएकामध्ये ६ हजार ६२ जना फेला परेको र चार हजार सातजना अझै बेपत्ता अवस्थामा रहेका प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक हजार १७९ जना पुरूष, दुई हजार ४३९ जना महिला, ७२७ जना बालक, एक हजार ६०० जना बालिका र ९७ जना ज्येष्ठ नागरिक रहेका छन् । 

काठमाडौं उपत्यकाबाट एक हजार २७२ जना, कोसी प्रदेशबाट एक हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना र वाग्मती प्रदेशबाट ६२४ जना हराएका मानिस फेला परेका हुन् । यस्तै, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना हराएका व्यक्ति उक्त अवधिमा फेला परेका प्रहरीको तथ्यांकले देखाउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

हराएका मानिसको खोजी तथा उद्धारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ । “प्रहरी संगठनले दुःखमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तीब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउन नदिन सचेतना फैलाउने, सम्झाउने र पुनः घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ,” नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने । 

हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले यूडीबी डट नेपालपोलिस डट जीओभी डट एनपी वेबसाइटको व्यवस्था गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्घाटन गरेका थिए । तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्तिको सनाखत गर्न सहज भएको प्रहरीको भनाइ छ । 

Global Ime bank

प्रहरीका अनुसार सरोकारवाला सबैले एकैस्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्धार गर्न सजिलो भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१ साउन १ गतेदेखि २०८० चैत मसान्तसम्मको अवधिमा ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । तीमध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् । उक्त अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएकामध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार एकजना महिला रहेका थिए । 

तथ्यांकले हराउनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी हुने गरेको छ । हराएका व्यक्ति खोजी गर्न देशभर प्रहरीका सबै युनिटहरू सक्रिय रहने गरेका छन् । जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ । भौगोलिक अवस्था र परिस्थितिअनुसारको खोज्ने तरिका अपनाउने गरिएको छ । 

हराएका व्यक्तिको लोकेसन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ । खतराको अवस्थालाई आँकलन गरी सुरक्षा व्यवस्था अपनाउने गरिएको छ । 

खोजी तथा उद्धार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी भन्छन्, “हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ । सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय