site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
किसानलाई ऋणमा डुब्न दिन हुँदैन : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन् । शनिबार काठमाडौंमा देशभक्त युवा नेपालले आयोजना गरेको कार्यक्रममा उनले किसानलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुनेमा जोड दिएकी हुन् ।

सरकार ऋणमा डुबे पनि किसानलाई समस्या पर्न दिन नहुने उनले उल्लेख गरिन् । ऋण खोजेरै भए पनि दुग्ध किसानको बक्यौक्ता भुक्तानीका निम्ति पहल गरेको उनको भनाइ छ । सरकारले आउँदो बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन् ।

मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने सुनाइन् । त्यसतर्फ सरकारले आवश्यक योजना बनाइरहेको उनले जानकारी दिइन् ।

विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्न सरकार योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro