site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामपन्थी शक्तिबीच एकताको खाँचो : खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन् ।

नयाँ वर्षका अवसरमा देश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीको अग्रगति र प्रगतिका लागि शुभकामना सन्देश जारी गर्दै शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका निम्ति समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट मुलुकलाई अगाडि लैजान वामपन्थी शक्तिहरू एकापसमा समन्वय गरी देशको परिस्थितिलाई दृष्टिगत गर्दै कम्युनिस्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

नेता खनालले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र संकटग्रस्त बन्दै गएको अवस्थामा जनता र राष्ट्रका साझा सवालमा सबै एकताबद्ध भएर वर्तमान गठबन्धनको संयुक्त सरकारमा सहभागिता जनाउनु राजनीतिक विकासक्रमको एउटा सकारात्मक पक्ष हुने उल्लेख गरे ।

“जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका लागि भूमिसुधार र कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई औद्योगीकरणको दिशामा अघि बढाउन सक्नुपर्छ, भ्रष्टाचारलाई अन्त्य गर्नुपर्छ,” उनले भने, “सबै वामपन्थी समूहहरूमा ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ । सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ ।”

उनले मूल्यवृद्धि र महँगी नियन्त्रण, देशभित्रै रोजगारीका अवसर सिर्जना गर्दै युवाको विदेश पलायनलाई रोक्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरी मुलुकको विकास निर्माणको प्रक्रियालाई तीव्र बनाउन समाजवादको आधारलाई फराकिलो बनाएर जनतामा आशावादको सञ्चार गर्नुपर्नेमा जोड दिए ।

समाजवादी क्रान्तिका सही कार्यदिशा, नीति र सिद्धान्तहरू अवलम्बन गरी कम्युनिस्ट आन्दोलनको एकता, पुनर्गठन, अग्रगति र प्रगतिको दशक बनाउनुपर्नेमा जोड दिँदै नेता खनालले राष्ट्रिय स्वाभिमानलाई बलियो बनाएर विश्वभर फैलिँदै गएका नेपालीको प्रतिष्ठा उच्च बनाउनुपर्ने उल्लेख गरे । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro