site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रले एकै ओभरमा ६ छक्का प्रहार गरेपछि कतारलाई नेपालले दियो विशाल लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका निम्ति विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ । एसीसी मेन्स प्रिमियर कपअन्तर्गत ओमानको अल अमेरत क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारसामु २११ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे । उनले एकै ओभरमा ६ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् । पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए । उक्त ओभरको ६ बलमा ऐरीले ६ छक्का प्रहार गरेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो । नेपालका निम्ति ऐरीले सर्वाधिक ६४ रन बनाए । कुल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे ।

नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गुल्सन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए ।

कतारका निम्ति हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro