खेल

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
यसैबीच, एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा पूरा गरेको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१ ०८:५०
प्रतिक्रिया दिनुहोस्