site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकमा चैत २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको उनले बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको निष्कर्ष सुनाएका छन् । 

पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको लिङ्देनको भनाइ छ । बैठकमा कार्यसम्पादन समिति सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro