site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कैलाश चौधरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने निश्चित भएको हो ? 
कैलाश चौधरी । फाइल तस्बिर ।

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार आज गठन हुने भएको छ । आफ्नो दलको नेतृत्वमा सरकार गठन हुने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । 

आज बनाइने नयाँ सरकारको नेतृत्व मुख्यमन्त्रीका रूपमा कैलाश चौधरीले गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठले दाबी गरेकी छन् । त्यसबाहेक नागरिक उन्मुक्तिले थप एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको उनले जानकारी दिएकी छन् । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहितको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको उनको दाबी छ । 

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा चौधरीका नाममा निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । “नयाँ वर्षमा सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिको नेतृत्वमा नयाँ सरकार बन्छ,” उनले बाह्रखरीसँग भनिन्, “शुक्रबार कैलाशजी मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।”

पार्टीमा केही समय देखिएको मतभेद पनि टुंगिसकेको उनको भनाइ छ । “सुदूरपश्चिमका हाम्रा प्रदेश सांसदहरू सबै एकै ठाउँ बसेर पार्टी एक ढिक्का भएको सन्देश दिइसक्नुभएको छ,” उनले भनिन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro