site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सर्जक तथा साहित्यकारलाई प्रज्ञा पुरस्कार समर्पण 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०८० सालको प्रज्ञा पुरस्कार विभिन्न साहित्यकार तथा सर्जकलाई समर्पण गरेको छ । 

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कुलपति भूपाल राईले साहित्यकार खगेन्द्र संग्रौलालाई ‘प्रज्ञा अनुवाद पुरस्कार’, मोहनविक्रम सिंहलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, शान्ता श्रेष्ठलाई ‘प्रज्ञा सामाजिकशास्त्र पुरस्कार’, घनश्याम शर्मा पौडेललाई ‘प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार’, कृष्ण गौतमलाई ‘प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै, प्रा.डा. देवीप्रसाद गौतमलाई ‘प्रज्ञा भाषा पुरस्कार’, कवि बम देवानलाई ‘प्रज्ञा साहित्य पुरस्कार’ (पद्य), आख्यानकार राजवलाई ‘प्रज्ञा साहित्य पुरस्कार’ (गद्य), गंगा कर्माचार्यलाई ‘प्रज्ञा बाल पुरस्कार’,डा. योगेन्द्र प्रधानलाई ‘प्रज्ञा मातृभाषा साहित्य (हिमाली/पहाडी) पुरस्कार’ र पदम विश्वकर्मालाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ प्रदान गरे । 

पुरस्कारकासाथ जनही एक लाख रुपैयाँ नगद राशि पनि प्रदान गरिएको छ । प्रज्ञा मातृभाषा पुरस्कार (तराई/मधेस) बाट बेचन उराँवलाई गत महिना नै धरानमा आयोजित कार्यक्रममा प्रदान गरिसकिएको प्रतिष्ठानका चेतनाथ धमलाले जनाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्