देश
पोखरा । डेढ लाख रुपैयाँ घुससहित पोखराबाट एकजना इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई नियन्त्रणमा लिएको हो ।
घर निर्माण सम्पन्न प्रमाणपत्र दिने नाममा लिएको घुस रकमसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आस्मान तामाङका अनुसार अख्तियारले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० २१:५७
प्रतिक्रिया दिनुहोस्