site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डढेलो मात्रै हो वायु प्रदूषणको कारण ? स्वास्थ्यमा कति जोखिम ? 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौंमा एक सातायता वायुप्रदूषण उच्च बन्दै गएको छ । वातावरण विभागको वायुको गुणस्तर सूचकांकमा प्रदूषणको मात्रा एयर क्वालिटी इन्डेक्स २०० एक्यूआईसम्म पुगेको छ । 

अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरकोे सूचीमा काठमाडौं प्रदूषित १२२ सहरहरूमध्ये १० भित्र परेको छ । आइतबारयता भने काठमाडौं प्रदूषित सहरको एकदेखि तीन नम्बरसम्म परिरहेको छ । यो रेकर्ड बिहान, दिउँसो र साँझ फरक पर्दछ । 

प्रदूषणका महिना बढ्दै 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ५० यूएस एक्यूआईभन्दा माथिको वायुलाई अस्वस्थकर मानेको छ । एक्यूआए वायुमा भएका खराब कणहरूको मात्राका आधारमा मापन गरिन्छ । 

KFC Island Ad
NIC Asia

पीएम पीएम (पर्टिकुलेट म्याटर) १० र पीएम २.५ नै वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणहरूको मापन गर्दछ । 

काठमाडौंमा पीएम १० को मात्र ४० माइक्रमोग्राम प्रतिघनमिटरभन्दा बढी हुन नहुने मापदण्ड छ । वायुमा पीएम २.५ औषतमा दैनिक पाँच माइक्रोग्राम प्रतिघनमिटर भन्दा बढी हुन नहुने मापदण्ड डब्लूएचओको मापदण्ड छ । 

Royal Enfield Island Ad

काठमाडौंमा भने सन् २०२३ मा पीएम २.५ को औसत मात्रा ४१ माइक्रोग्राम प्रतिघनमिटर रहेको आईक्यू एयरको तथ्यांक छ । यो मात्रा सन् २०२१ मा ५०.९ र २०२२ मा ४०.७ थियो । 

काठमाडौंमा वर्षायामका केही महिनाबाहेक अधिकांश वायु प्रदूषणयुक्त महिना हुँदै गएको तथ्यांकहरूले देखाउँछन् । सन् २०२३ का जनवरी फेब्रुअरी मार्च अप्रिल र डिसेम्बरमा पीएम २.५ को मात्रा ५१ देखि ७७ माइक्रोग्राम प्रति घनमिटरसम्म पुगेको आइक्यू एयरको रिपोर्ट छ । 

यस्तै मे, जुन र अक्टोबरमा समेत यो मात्रा २० देखि ४० सम्म पुगेको रेकर्ड छ । विशेषगरी मंसिरदेखि वैशाख–जेठसम्मका महिनामा  वायुको गुणस्तर २०० एक्यूआईसम्म पुग्ने गरेको विभागको तथ्यांक छ । हिउँदमा वर्षा नहुने र चैत वैशाखमा बढी डढेलो लाग्ने कारणले प्रदूषणका महिना बढ्दै गएको वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्ट बताउँछन् । 

डढेलो मात्रै हो त वायु प्रदूषणको कारण ? 
हाल काठमाडौं र तराईका विभिन्न क्षेत्रमा लागिरहेको डढेलो अहिलेको वायु प्रदूषणको मुख्य कारण रहेको विज्ञहरूले बताइरहेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार मात्रै देशका ४६ स्थानमा आगलागी र २४ स्थानमा डढेलोका घटना भएका छन् ।  तर मंसिरदेखि वैशाख अन्तिमसम्म काठमाडौंको वायुको गुणस्तर अत्यन्त खराब हुने तथ्यांकहरूले देखाएका छन् । 

मंसिरमा धान भित्र्याएपछिको पराल बाल्ने प्रचलनले पनि तराई हुँदै आसपासमा प्रदूषण फैलिने वातावरणविद्हरूको भनाइ छ । तर, हिउँदमा हावाको वेग कमजोर हुने, वर्षा नहुने कारणले पनि वायुमा पीएम २.५ को मात्रा रहिरहने वातावरण विज्ञ रिना चौधरी बताउँछिन् । 

वायु प्रदूषणको कारण वन डढेलो मात्रै नभइ औद्योगिक धुवाँ, सडक निर्माणको क्रममा निस्कने धुवाँधुलो र सवारी साधनबाट निस्कने खराब धुवाँ रहेको उनको भनाइ छ । यस्तै, अहिले तराई क्षेत्रमा गहुँबाली भित्र्याउने मौसम भएकाले गहुँको छ्वाली बाल्ने चलनले पनि तराई हुँदै प्रदूषित वायु काठमाडौंसम्म आइपुग्ने गरेको चौधरी बताउँछिन् ।  

स्वास्थ्यमा कति जोखिम ?
पीएम २.५ भन्दा साना कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्न र विभिन्न भागमा पुगी जम्मा भएर बसिरहन सक्छन् । यस्ता कण रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुन्छन्  । पीएम १० भन्दा पीएम २.५ मा मापन भएको प्रदूषण घातक हुने चौधरी बताउँछिन् । 

धुलोमा पाइने कणहरू हावाको वेगसँगै उडेर जाने वा हट्ने भए पनि ग्यासमार्फत् निस्किने खराब कणहरू सजिलै उडेर नजाने चौधरी बताउँछिन् । अहिले वायुमा फैलिएका यस्तै कणहरू हट्न बलियो गतिको हावाहुरी या त वर्षा नै आवश्यक हुने विभागका उपमहानिर्देशक भट्ट बताउँछन् । 

वायु प्रदूषणले श्वासप्रश्वास मात्रै नभइ मिर्गौला, मुटु र कलेजोमा समेत गम्भीर असर निम्त्याउने वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमको अनुभव छ । साथै, उच्च रक्तचाप, मधुमेह नियन्त्रण नहुने, घातक मुटुरोग, डिप्रेशन  र निःसन्तानपनसम्मका परिणाम निम्त्याउने उनी बताउँछन् । यो समयमा मर्निङ र इभिनिङ वाक गर्नुलाई पनि स्वस्थकर मानिँदैन । यस्तै, वायु प्रदूषणले आँखा चिलाउने, पोल्ने, बिझाउने, पाक्नेजस्ता समस्या देखिने गरेको छ । 

सुक्खायाममा एन्टि अक्सिजन पोलुसन अर्थात् हावामा अक्सिजनको मात्रा कम हुने र अन्य दूषित ग्यासहरू हाबी हुने गरेको छ । एन्टि अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन ‘सी’ र ‘इ’को मात्रालाई घटाइदिन्छ, यसले छालामा विभिन्न समस्या निम्त्याउँछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro