site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच खेलकुद शिक्षासम्बन्धी समझदारी

काठमाडौं । खेलकुद शिक्षासम्बन्धी शैक्षिक कार्यक्रमहरूको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयको बीचमा समझदारी भएको  । बुधबार मन्त्रालयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

मन्त्रालयको तर्फबाट निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. भोला थापाले हस्ताक्षर गरेका थिए ।

Dabur Nepal
NIC Asia

भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँगसँगै लैजानका निम्ति साझेदारी गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर भएको बताइएको छ । यसमा मुख्य गरी विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्ससँगै स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्ति समेत सम्भाव्यताको खोजी गर्ने विषयलाई प्राथमिकता दिइएको छ । 

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भने, “खेलकुद शिक्षाको क्षेत्रमा आज एउटा नवीन सुरुआतको साक्षी हुन पाउँदा निक्कै हर्षित छु । मलाई विश्वास छ आज हामीले काठमाडौं विश्वविद्यालयसँग मिलेर रोप्ने खेल शिक्षाको बिउले कुनै दिन देशले गर्व गर्ने गरेर फल पक्कै दिनेछ ।”  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro