विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा भइरहेको युद्धमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गल्ती गरिरहेको बताएका छन् ।
मंगलबार सार्वजनिक एक अन्तर्वार्तामा उनले भनेका छन्, “मलाई लाग्छ उनले जे गरिरहेका छन्, त्यो गल्ती हो । म उनको दृष्टिकोणसँग सहमत छैन ।” बाइडेनले गाजामा तत्काल युद्धविराम हुनुपर्ने भनेका छन् ।
अमेरिकामा स्पेनिस भाषाको नेटवर्क युनिभिजनमा मंगलबार प्रसारित अन्तर्वार्तामा बाइडेनले भने, “मैले इजरायलीहरूलाई युद्धविराम र अर्को ६ देखि आठ हप्तासम्म गाजामा खाद्यान्न र औषधिको पूर्ण पहुँचका लागि आह्वान गर्छु ।”
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० ११:५८
प्रतिक्रिया दिनुहोस्